प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरी सरसफाइ
काठमाडौँ । प्रसिद्ध पर्यटकीय क्षेत्र पाँचपोखरीको सरसफाइ गरिएको छ । ‘पर्यटन प्रवद्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ पाँचदिने सरसफाइ अभियान सम्पन्न गरिएको हो ।
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको न्यू भिजन नेपालका संयोजक अशोक शर्माले जानकारी दिए । पाँचपोखरी थाड्पाल नगरपालिकाको कार्यालयदेखि पाँचपोखरीसम्म कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरिएको बताए ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका, नेपाल पर्यटन बोर्ड र न्यू भिजन नेपालको मुख्य आयोजनामा तथा गरिमा भ्वाइस टुर एण्ड ट्राभल्सलगायत संस्थाको समन्वयमा विश्वकै नवौँ अग्लो स्थानमा पर्ने पाँचपोखरीको सरसफाइ अभियान गरिएको हो ।
पाँचपोखरी नेपाल भ्रमण वर्ष २०२० मा घुम्नैपर्ने पर्यटकीयस्थलको सूचीमासमेत परेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । जनैपूर्णिमाका अवसरमा मेला लाग्ने र भक्तजन तथा पर्यटकले प्लाष्टिक, बोतललगायत अन्य सामग्रीको जथाभावी प्रयोगले वातावरणमा असर पर्ने भएकाले सरसफाइ अभियान सञ्चालन गरिएको उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
-
बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण