एपीएफ क्लबको पहिलो जित, कोशी प्रदेशलाई चार विकेटले हरायो
काठमाडौँ । ‘कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को सोमबार खेलिएको खेलमा विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशलाई चार विकेटले हराएको छ । जारी प्रतियोगितामा हालसम्म दुई खेल खेलेको एपीएफ क्लबले हासिल गरेको यो पहिलो जित हो ।
यसअघि आफ्नो पहिलो खेलमा एपीएफ क्लब कर्णाली प्रदेशसँग ५१ रनले पराजित भएको थियो । तेस्रो खेल खेलेको कोशी प्रदेशको भने यो दोस्रो हार हो । आफ्नो पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले हराएको थियो । अर्को खेलमा कोशी प्रदेश मधेश प्रदेशसँग तीन विकेटले हारेको थियो ।
एपीएफ र कोशी प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । विराटनगरमा जारी उक्त प्रतियोगिताको सोमबारको दोस्रो खेलमा टस जिती ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रनब नाएको थियो । कोशी प्रदेशका लागि सोनु अन्सारीले सर्वाधिक ४३ रन बनाए ।
विकेट किपर ब्याट्सम्यान सोनुले केवल ३१ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए । ओपनर ब्याट्सम्यान अंकित सुवेदीले पनि टोलीको खातामा ३२ रन थपेका थिए । कप्तानसमेत रहेका अंकितले २७ बलमा पाँच चौका प्रहार गरेका थिए ।
तल्लोक्रमका ब्याट्सम्यान श्रवण यादबले पनि १९ रन बनाए । उनले १८ बलमा दुई चौका हिर्काए । कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशी प्रदेशले अतिरिक्त रुपमा केवल एक रन पाएको थियो ।
एपीएफ क्लबका बलर भुवन कार्की, यज्ञमान कुमाल, अमर रौतेला र इर्साद अहमदले दुई–दुई विकेट लिए । इर्साद अहमदले दुई ओभरमा केवल आठ रन खर्चिएका थिए । भुवन कार्कीले चार ओभरमा १० र यज्ञमान कुमालले चार ओभरमा १३ रन खर्चिएका थिए ।
जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले १८.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य एक सय २० रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । एपीएफका लागि पूर्ण बीकेले ३६ रनको योगदान गरे । उनले ३९ बलको सामना गरी तीन चौका पनि हिर्काए ।
प्रणित थापामगरले पनि टोलीको खातामा २० रन थपे । उनले १६ बलमा एक छक्का र दुई चौका हिर्काएका थिए । हिमांशु दत्तले ११ रन जोडे । अरुण ऐरीले १५ रन बनाए । अमर रौतेलाले अविजित १० रन बटुले । कप्तान भुवन कार्कीले अविजित नौ रन बनाए ।
एपीएफ क्लबले अतिरिक्त रुपमा १४ रन पाएको थियो । कोशी प्रदेशका बलर फिरदोष अन्सारीले तीन विकेट लिए । उनले चार ओभरमा केवल १६ रन खर्चिएका थिए । दिपेश कँडेलले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण