ओपनहेइमरबाट रोबर्ट डाउनी जुनियरले जिते करियकै पहिलो ओस्कर
लस एञ्जलस । एकेडेमी अवार्डमा पहिलो पटक मनोनयन परेको तीन दशकपछि रोबर्ट डाउनी जुनियरको उपाधि चुम्ने सपना साकार भएको छ । ओपेनहेइमरका लागि उनले उत्कृष्ट सहय अभिनेताको श्रेणीमा ओेस्कर जितेका छन् ।
फिल्ममा उनले लुइस स्ट्रसको भूमिका निर्वाह गरेका थिए । यसलाई हालैका वर्षहरुमा उत्कृष्टत् अभिनयमध्ये एकको रुपमा उनको प्रशंसा भइरहेको छ । डाउनी हलिउडमा जुनसुकै भूमिकामा न्याय गर्न सक्ने कलाकारमध्ये एक भनेर चिनिन्छन् । तर अहिलेसम्म पनि उनले ओस्कर अवार्ड हात पार्न सकेका थिएनन् ।
यसअघि उनी सन् १९९३ मा चाप्लिनका लागि सर्वोत्कृष्ट अभिनेता र ट्रपिक थन्डरका लागि सर्वोत्कृष्ट सहअभिनेताको मनोनयनमा परेका थिए । परमाणु बमका पिता ओपनहेइमरको जिवनीमा आधारित यो फिल्मले पछिल्लो ओस्कर अवार्डमा ७ ओटा उपाधि पायो ।
फिल्म दोस्रो विश्व युद्ध र परमाणु बमको विकासमा आधारित छ । एकेडेमी अवार्डमा १३ ओटा श्रेणीमा फिल्म मनोनीत भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण