सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपनहेइमरबाट रोबर्ट डाउनी जुनियरले जिते करियकै पहिलो ओस्कर

सोमबार, २८ फागुन २०८०, १८ : २६
सोमबार, २८ फागुन २०८०

लस एञ्जलस । एकेडेमी अवार्डमा पहिलो पटक मनोनयन परेको तीन दशकपछि रोबर्ट डाउनी जुनियरको उपाधि चुम्ने सपना साकार भएको छ । ओपेनहेइमरका लागि उनले उत्कृष्ट सहय अभिनेताको श्रेणीमा ओेस्कर जितेका छन् । 

फिल्ममा उनले लुइस स्ट्रसको भूमिका निर्वाह गरेका थिए । यसलाई हालैका वर्षहरुमा उत्कृष्टत् अभिनयमध्ये एकको रुपमा उनको प्रशंसा भइरहेको छ । डाउनी हलिउडमा जुनसुकै भूमिकामा न्याय गर्न सक्ने कलाकारमध्ये एक भनेर चिनिन्छन् । तर अहिलेसम्म पनि उनले ओस्कर अवार्ड हात पार्न सकेका थिएनन् । 

यसअघि उनी सन् १९९३ मा चाप्लिनका लागि सर्वोत्कृष्ट अभिनेता र ट्रपिक थन्डरका लागि सर्वोत्कृष्ट सहअभिनेताको मनोनयनमा परेका थिए । परमाणु बमका पिता ओपनहेइमरको जिवनीमा आधारित यो फिल्मले पछिल्लो ओस्कर अवार्डमा ७ ओटा उपाधि पायो । 

फिल्म दोस्रो विश्व युद्ध र परमाणु बमको विकासमा आधारित छ । एकेडेमी अवार्डमा १३ ओटा श्रेणीमा फिल्म मनोनीत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप