सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको बढ्यो
मङ्गलबार, २९ फागुन २०८०, ११ : २५
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै हिजो सोमबारकै मूल्यमा कारोबार भइरहेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम छ । यो मूल्य आइतबार र सोमबार पनि कायम थियो । सुनको मूल्य स्थिर रहेर कारोबारमा आएको यो लगातार तेस्रो दिन हो ।
यस्तै, आज चाँदीको मूल्यमा भने वृद्धि आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । यससँगै, चाँदीको कारोबार मूल्य तोलामा १४ सय ८५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण