शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

मङ्गलबार, २९ फागुन २०८०, ११ : २७
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौ । धितोपत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण सभाबाट ४ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ । सोमबार काठमाडौँमा सम्पन्न संघको प्रथम साधारणसभाबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जीव तुलाधर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल, सदस्यमा अधिवक्ता विष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप