मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस आधिकारिकता विवादः असन्तुष्ट पक्षको दोस्रो पुनरावलोकन निवेदन सर्वोच्चमा

मङ्गलबार, १२ साउन २०८३, १६ : ०७
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आधिकारिकता विवादसम्बन्धी दोस्रो पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा पेस गरेको छ।
  • यसअघि सर्वोच्च अदालतले गत वैशाख ४ गते कांग्रेसको आधिकारिकता सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।
  • पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतबाट यसअघि भएको फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन्।

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आधिकारिकता विवादसम्बन्धी दोस्रो पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा पेस गरेका छन्।

सर्वोच्च अदालतले गत वैशाख ४ गते कांग्रेसको आधिकारिकता सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतबाट यसअघि भएको फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराएका छन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार उक्त निवेदन दर्ताका लागि आएको हो। यसअघि पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट पनि पुनरावलोकन निवेदन दर्ता भएको थियो।

उक्त निवेदन अब तीन न्यायाधीशको इजलासमा पेसी तोकिनेछ। तीन न्यायाधीशको इजलासले निस्सा दिएमा मुद्दा अघि बढ्नेछ भने नदिएमा त्यहीँ टुंगो लाग्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप