सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउन अझै सहज भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ

मङ्गलबार, २९ फागुन २०८०, २० : १४
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताएका छन् ।  रुस–युक्रेनबिच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टीकरण थियो । 

मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए । नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको उनले बताए । उनले उनीहरुसँग गरिएको सम्झौता रद्द गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको बताए । 

त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाइका लागि पनि रुस सरकारसँग आग्रह गरिएको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सेनामा रहेका ज्यान गुमाएका नेपालीहरुको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रुस सरकारलाई ताकेता गरिरहेको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप