रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता ल्याउन अझै सहज भएको छैन : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने कुरा अझै सहज नभएको बताएका छन् । रुस–युक्रेनबिच युद्ध जारी रहेका कारण रुसी सेनामा कार्यरत नेपालीहरुलाई फिर्ता ल्याउने अझै जटिलता रहेको उनको स्पष्टीकरण थियो ।
मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन रुस सरकार राजी भएको जानकारी पनि त्यहाँस्थित नेपाली दूतावासमार्फत आफूले पाएको बताए । नेपालस्थित रुसी राजदूतलाई बोलाएर सेनामा भर्ना भएका नेपालीहरुलाई फर्काउने विषयमा निरन्तर संवाद गर्न आग्रह गरेको उनले बताए । उनले उनीहरुसँग गरिएको सम्झौता रद्द गर्न र फिर्ता पठाउने प्रक्रियाबारे जानकारी गराउन पनि नेपाल सरकारले रुस सरकारसँग अनुरोध गरेको बताए ।
त्यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले युक्रेनको कब्जामा रहेका नेपाली नागरिकहरुको रिहाइका लागि पनि रुस सरकारसँग आग्रह गरिएको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सेनामा रहेका ज्यान गुमाएका नेपालीहरुको क्षतिपूर्तिको उचित व्यवस्था गर्न र त्यसको प्रक्रिया अघि बढाउन पनि रुस सरकारलाई ताकेता गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण