७३ हजार डलरमाथि उक्लियो बिट्क्वाइनको भाउ
काठमाडौँ । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउले ताजा कीर्तिमानी उचाइ छोएको छ । बुधवार प्रतिगोटा बिट्क्वाइनको भाउ ७३ हजार डलर माथि उक्लिएको हो । लगानीकर्ताहरूले अमेरिकामा मुद्रास्फीति अपेक्षाकृत केही बढी रहेको तथ्याङ्कलाई बेवास्ता गरेपछि उक्त दिन बिट्क्वाइको भाउ बढेको हो ।
गएको २४ घण्टामा इन्ट्राडे कारोबारमा बिट्क्वाइनको भाउ ७३ हजार १२७ डलरसम्म पुगेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो १ः४५ बजे क्वाइन डेस्कमा प्रतिगोट बिट्क्वाइनको भाउ शून्य दशमलव ८७ प्रतिशतले बढेर ७२ हजार ८७९ डलर ८३ सेन्टमा पुगेको थियो ।
अघिल्लो रात सार्वजनिक भएको डेटा अनुसार फेब्रुअरीमा अमेरिकाको उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति (सीपीआई) शून्य दशमलव ३६ प्रतिशतले बढेको देखाएको थियो । सो अवधिमा सीपीआईमा सूचक शून्य दशमलव ३ प्रतिशतले मात्रै बढ्ने अनुमान गरिएको थियो । गएको महिना सीपीआई अपेक्षाकृत उच्च दरले बढेको भए पनि बिट्क्वाइनको भाउले ७२ हजार डलरको सीमा पार गरेको छ । गएको एक महिनामा बिट्क्वाइनको भाउ ४४ प्रतिशतले बढिसकेको छ । यो वृद्धि जारी रहेमा भाउले छिट्टै ७६ हजार डलरको स्तर छुन सक्ने विश्लेषण आइरहेका छन् ।
बिट्क्वाइनको भाउ बढेपछि बुधवार अन्य भर्चुअल मुद्राको भाउ पनि बढेको थियो । एभलान्च र टोनक्वाइनको भाउ क्रमशः १३ दशमलव ५ प्रतिशत र २१ दशमलव २ प्रतिशतले बढेका थिए । इथेरियम, बीएनबी, कर्दानो, डजक्वाइन लगायत भर्चुअल मुद्राको भाउमा पनि उल्लेख्य वृद्धि देखिएको थियो । गएको २४ घण्टामा क्रिप्टो बजारको कुल आयतन १ खर्ब ५८ अर्ब ७१ करोड डलरले बढेको छ । बिट्क्वाइनको बजार पूँजीकरण बढेर १४ खर्ब ३४ अर्ब डलरमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण