सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै एनओसी शाखा प्रमुखले दिए राजीनामा

काठमाडौँ । सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन् ।
रातोपाटीसँग कुरा गर्दै उनले सेवाग्राहीलाई सेवा दिन नसक्नुमा आफ्नो कमजोरी रहेको भन्दै शिक्षा मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताए ।
‘यतिधेरै जनताको सेवा म आफैँ शाखा प्रमुख भएर दिन सकिन् । सेवा दिन नसकेपछि मेरो जागिर अगाडि बढाउन नैतिक धरातलले दिएन । यति धेरैलाई सेवा दिन नसक्नुमा मेरो कमजोरी रह्यो । नैतिकतामा आधारमा मैले जागिर खानु हुँदैन भनेर मैले आज शिक्षा मन्त्रालयमा गएर राजीनामा पेस गरेर हिँडे,’ उनले भने ।
शिक्षा सचिवलाई नभेटेपछि सहसचिव कालीप्रसाद पराजुलीलाई राजीनापत्र बुझाएर हिँडेको उनको भनाइ छ । राजीनामा पत्रमा उनले ‘जनता धेरै आए, मैले सेवा दिन सकिन, सेवा दिन नसक्नु मेरो कमजोरी रह्यो, त्यसैले यसको नैतिकताको जिम्मेवारी मै लिन्छु’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् ।
अचेल दैनिक २ हजारभन्दा बढीको हाराहारीमा एनओसी लिन आउने सेवाग्राहीरू आउने गरेका छन् । तर, उनीहरूलाई प्रभावकारी ढंगबाट सेवा दिन नसकेको भन्दै आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन् । करिब तीन महिना अघि मात्रै उनी एनओसी शाखाको प्रमुख भएर गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
-
‘प्रतिपक्षले बजेट प्रस्तुत हुनुअघि नै विरोध गर्नु जायज थिएन’
-
गणेश ठाडा मगरलाई सशस्त्रको एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
-
सुगम पोखरेलको गीत 'यो कथा हो मेरो' सार्वजनिक
-
छोरीबुहारीलाई उच्च शिक्षामा छात्रवृत्ति दिँदै सूर्योदय
-
भिजिट भिसा अहिलेको मात्र समस्या होइन: अध्यक्ष प्रचण्ड