सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै एनओसी शाखा प्रमुखले दिए राजीनामा
काठमाडौँ । सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् । भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन् ।
रातोपाटीसँग कुरा गर्दै उनले सेवाग्राहीलाई सेवा दिन नसक्नुमा आफ्नो कमजोरी रहेको भन्दै शिक्षा मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताए ।
‘यतिधेरै जनताको सेवा म आफैँ शाखा प्रमुख भएर दिन सकिन् । सेवा दिन नसकेपछि मेरो जागिर अगाडि बढाउन नैतिक धरातलले दिएन । यति धेरैलाई सेवा दिन नसक्नुमा मेरो कमजोरी रह्यो । नैतिकतामा आधारमा मैले जागिर खानु हुँदैन भनेर मैले आज शिक्षा मन्त्रालयमा गएर राजीनामा पेस गरेर हिँडे,’ उनले भने ।
शिक्षा सचिवलाई नभेटेपछि सहसचिव कालीप्रसाद पराजुलीलाई राजीनापत्र बुझाएर हिँडेको उनको भनाइ छ । राजीनामा पत्रमा उनले ‘जनता धेरै आए, मैले सेवा दिन सकिन, सेवा दिन नसक्नु मेरो कमजोरी रह्यो, त्यसैले यसको नैतिकताको जिम्मेवारी मै लिन्छु’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् ।
अचेल दैनिक २ हजारभन्दा बढीको हाराहारीमा एनओसी लिन आउने सेवाग्राहीरू आउने गरेका छन् । तर, उनीहरूलाई प्रभावकारी ढंगबाट सेवा दिन नसकेको भन्दै आफूले नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन् । करिब तीन महिना अघि मात्रै उनी एनओसी शाखाको प्रमुख भएर गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण