दैनिक २ हजार भन्दा बढीले एनओसी लिँदै
काठमाडौँ । पछिल्लो समय नो अब्जेक्सन लेटर (एनओसीए) लिनेहरूको चाप बढेको छ । भक्तपुरस्थित एनओसी शाखामा उक्त लेटर लिनेहरूको चाप बढेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हिजो (मंगलबार मात्रै दुई हजार ८६ एनओसी जारी भएको थियो । जसमा एक हजार १७७ एनओसी स्वीकृति भएका थिए । त्यस्तै ३२८ निवेदन रिजेक्ट भएका थिए । त्यस्तै १२७ निवेदन क्यान्सिल भएका थिए भने एक हजार ९५९ ईश्यु भएका थिए ।
हिजोको दिनसम्म सात हजार ५४० निवेदन पेण्डिङमा रहेका छन् । हाल जापानको लागि इन्टेक खुला भएसँगै जापानका लागि एनओसी लिन आउनेहरूको भीड बढेको एनओसी शाखाले जनाएको छ ।
हाल दैनिक २ हजार भन्दा बढीको हाराहारीमा एनओसी जारी भइरहेको शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले बताए । यसमा अनलाइन मार्फत आवेदन दिँदा अटो स्वीकृति हुने विवरण समावेश छैन । विगतमा दैनिक ४ देखि ५०० को हाराहारीमा मात्रै एनओसी जारी हुने गरेको थियो । तर, अहिले जापान जानको लागि एनओसी लिनेहरूको भीड देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण