बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

दैनिक २ हजार भन्दा बढीले एनओसी लिँदै

बुधबार, ३० फागुन २०८०, १५ : ३०
बुधबार, ३० फागुन २०८०

काठमाडौँ । पछिल्लो समय नो अब्जेक्सन लेटर (एनओसीए) लिनेहरूको चाप बढेको छ । भक्तपुरस्थित एनओसी शाखामा उक्त लेटर लिनेहरूको चाप बढेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हिजो (मंगलबार मात्रै दुई हजार ८६ एनओसी जारी भएको थियो । जसमा एक हजार १७७ एनओसी स्वीकृति भएका थिए । त्यस्तै ३२८ निवेदन रिजेक्ट भएका थिए । त्यस्तै १२७ निवेदन क्यान्सिल भएका थिए भने एक हजार ९५९ ईश्यु भएका थिए ।

हिजोको दिनसम्म सात हजार ५४० निवेदन पेण्डिङमा रहेका छन् । हाल जापानको लागि इन्टेक खुला भएसँगै जापानका लागि एनओसी लिन आउनेहरूको भीड बढेको एनओसी शाखाले जनाएको छ ।

हाल दैनिक २ हजार भन्दा बढीको हाराहारीमा एनओसी जारी भइरहेको शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले बताए । यसमा अनलाइन मार्फत आवेदन दिँदा अटो स्वीकृति हुने विवरण समावेश छैन । विगतमा दैनिक ४ देखि ५०० को हाराहारीमा मात्रै एनओसी जारी हुने गरेको थियो । तर, अहिले जापान जानको लागि एनओसी लिनेहरूको भीड देखिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप