‘पार्टीको कुराले रेशम चौधरीसँग डिभोर्स हुँदैन’ : सांसद रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ (चौधरी) ले पार्टी र परिवार छुट्टै विषय भएको बताएकी छिन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा उनका पति रेशम चौधरी र उनको फरक मत रहेको कुरा बाहिर आएको छ । रेशम विश्वासको मत नदिने पक्षमा थिए भने श्रेष्ठ पक्षमा रहेकी छिन् ।
बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा रेशम र आफ्नो फरक मत रहेको उल्लेख गरिन् ।
सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो भन्ने प्रश्नमा उनले भनिन– ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’
उनले श्रीमान् श्रीमतीले चलाएको पार्टी नभई जनताले चलाएको पार्टी भएको उनले प्रतिक्रिया दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
-
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबिच छलफल
-
राजनीतिक स्थिरता खलबल्याउने प्रयास कमजोर हुँदै गएको एमालेको निष्कर्ष
-
नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड
-
ह्युस्टनमा पारिवारिक पार्टीमा गोलीबारी, १ जनाको मृत्यु
-
सहिद परिवारलाई मधेस प्रदेशका गृहमन्त्रीले हप्काएपछि....