‘पार्टीको कुराले रेशम चौधरीसँग डिभोर्स हुँदैन’ : सांसद रञ्जिता श्रेष्ठ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठ (चौधरी) ले पार्टी र परिवार छुट्टै विषय भएको बताएकी छिन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरामा उनका पति रेशम चौधरी र उनको फरक मत रहेको कुरा बाहिर आएको छ । रेशम विश्वासको मत नदिने पक्षमा थिए भने श्रेष्ठ पक्षमा रहेकी छिन् ।
बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा रेशम र आफ्नो फरक मत रहेको उल्लेख गरिन् ।
सञ्चारकर्मीले डिर्भोस हुन लागेको कुरा के हो भन्ने प्रश्नमा उनले भनिन– ‘विवाह भएको २५ वर्ष भइसकेको छ, श्रीमान् श्रीमतीबिच विभिन्न विषयमा ठाकठुक परिरहन्छ । डिभोर्स हुने भए पहिले हुन्थ्यो । पार्टीगत रूपमा विचार नमिलेको हो । मैले बुझाएको हो, उहाँको आफ्नै बिचार छ, मेरो आफ्नै विचार छ ।’
उनले श्रीमान् श्रीमतीले चलाएको पार्टी नभई जनताले चलाएको पार्टी भएको उनले प्रतिक्रिया दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण