कर्णालीमा नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै शाही आक्रोशित
बुधबार, ३० फागुन २०८०, १८ : ५१
सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नयाँ सरकार गठनमा ढिलाइ भएको भन्दै संसदमा आक्रोश व्यक्त गरेका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै आफ्नो दलले मार्ग प्रशस्त गर्न सरकारबाट बाहिरी पनि नयाँ गठबन्धनले सरकार नबनाएको भन्दै उनले आक्रोश पोखेका हुन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा उनले भने, ‘तपाईँहरु मिल्नुहोस् बनाउनुहोस् तर समयमा बनाउनुहोस् । दुई हप्ता बित्न लाग्दा पनि सरकार बनाउन सक्नुहुन्न ? यहाँ त सरकार बनाउन कसैले रोकेको छ जस्तो मलाई लाग्दैन ।’
कर्णालीमा कांग्रेसले फागुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । तर, केन्द्रले नेतृत्वको टुङ्गो नलगाउँदा माओवादी–एमालेले सरकार गठन गर्न सकिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाडी मुलुकको भ्रमणमा जाँदैछन् अमेरिकी विदेशमन्त्री रुबियो
-
इन्द्रसरोवरले ल्यायो ४२ करोड भन्दा बढीको बजेट
-
लागुऔषध मुद्दामा फरार दुई जना प्रतिवादी पक्राउ
-
सीमासम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे विश्वप्रकाशले मागे रास्वपाको आधिकारिक धारणा
-
कसैलाई पनि उम्मेदवारीबाट वञ्चित गराइँदैन : रवि लामिछाने
-
‘गुट र प्यानल बनाएर तमासा नबनाउनू’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण