रास्वपाका महाधिवेशन प्रतिनिधिलाई ५ हजार शुल्क स्वेच्छिक
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका लागि तोकिएको ५ हजार शुल्क स्वेच्छिक भएको घोषणा गरेका छन् ।
- उनले यो शुल्क स्वेच्छिक बनाएसँगै तिरिसकेकाहरूले पनि फिर्ता लिन सक्ने बताएका छन् ।
- सभापति लामिछानेले रास्वपा पुराना पार्टी र नेताहरू जस्तो नभएको र विवेक प्रयोग गरेर पार्टीलाई शक्तिशाली दल बनाएको बताए ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार शुल्क स्वेच्छिक भएको घोषणा गरेका छन् ।
महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले तोकिएको पाँच हजार शुल्क स्वेच्छिक बनाउने घोषणा गर्दै तिरिसकेकाहरूले पनि फिर्ता लिन सक्ने बताए ।
‘प्रतिनिधिका रूपमा तोकेको ५ पाँच हजार स्वेच्छिक बनाउन चाहन्छु’, लामिछानेले भने, ‘यति धेरै दिन बस्दा तपाईंहरुलाई दुख भयो होला । चाहनुहुन्छ भने तिरेकाहरुले पनि फिर्ता लिन सक्नुहुनेछ ।’
सभापति लामिछानेले निर्वाध रूपमा उम्मेदवारी दिन आग्रह गर्दै रास्वपा पुराना पार्टी र नेताहरू जस्तो नभएको बताए । साथै उनले यसलाई र उसलाई भोट दिनु भन्ने मानिस रास्वपाको मानिस हुन नसक्ने पनि बताए ।
‘विवेक प्रयोग गरेर ५२ लाख नागरिकले रास्वपालाई शक्तिशाली दल बनाए’, उनले भने, ‘अब पार्टीमा पनि हामीले विवेक प्रयोग गर्नुपर्छ ।’
सभापति लामिछानेले बुद्धिमत्तापूर्वक महाधिवेशन गर्नुपर्ने भएकाले केही चुनौती आएपनि अग्रजहरूले राजनीतिक दल निर्माणका क्रममा धेरै दुख पाएका बताउँदै आफूहरूलाई दुई दिन दु:ख भएकाे समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण