आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

आईसीसी अध्यक्ष ग्रेग नेपाल आउने

बिहीबार, ०१ चैत २०८०, ०९ : ००
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्क्ले नेपाल आउने भएका छन् । नेपाली क्रिकेटबारे बुझ्न उनी आगामी सोमबार नेपाल आउन लागेका हुन् । चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्क्लेले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका छ । 

उनले त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानको पनि अवलोकन गर्ने भएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुदमन्त्रीसँग भेटवार्ता गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै जनाएको हो ।

पछिल्लो समय नेपाली क्रिकेटले निरन्तर सफलता हासिल गरिरहेका बेला अध्यक्ष बार्क्लेको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको क्यानका पदाधिकारीले बताएका छन् ।

अध्यक्ष बार्क्लेले पनि नेपाल भ्रमणका विषयमा आफू उत्साहित भएको बताएका विज्ञप्तिमा उल्लेख छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पनि आईसीसी अध्यक्ष नेपाल आउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने बताएका छन् ।

बार्क्ले सन् २०२२ मा आईसीसीको नेतृत्वमा आएका हुन् । न्युजिल्याण्ड क्रिकेट बोर्डमा लामो समय काम गरेका बार्क्लेले आइसीसीमा शशांक मनोहरको स्थान लिएका थिए । व्यावसायिक पृष्ठभूमिका बार्क्लेले आईसीसीमार्फत सदस्य राष्ट्रहरूको क्रिकेटको विकासमा चासो व्यक्त गर्दै आएका छन् ।

431076750_932557938516245_2255729903554118811_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप