जनताको काममा ढिलासुस्ती नगर्न मुख्यमन्त्री शाहीको निर्देशन
कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संघीयता जनताकै शासन भएको अनुभुति हुनेगरि काम गर्न कालिकोटका कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
गृहजिल्ला पुगेका मुख्यमन्त्री शाहीले विहिबार सदरमुकाम मान्मामा सरकारी कार्यालयका प्रमुखहरुसँगको छलफलमा जनताको काममा ढिलासुस्ती नगर्न र खटाईएको कार्यक्षेत्र पुगेर काम गर्न निर्देशन दिएका हुन् । स्थानीय निकायको निर्वाचनसँगै कर्मचारी र जनप्रतिनिधिबीच तालमेलको अभाव देखिएको भन्दै मुख्यमन्त्री शाहीले कर्मचारीसँग रहेको दक्षता र जनप्रतिनिधिसँग रहेको योजनाको समायोजन गरेर मात्रै मुलुकको विकास गर्न सकिने बताए ।
उनले कर्मचारी समायोजन, कर्मचारी र जनप्रतिनिधिबिच देखिएको असमझदारी लगाएतका समस्याको समाधान गर्न प्रदेश सरकारले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । विकास र समृद्धिको जनअपेक्षा पुरा गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै मुख्यमन्त्री शाहीले सरकारको योजनाअनुसार कर्मचारी प्रशासनले काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले कालिकोट जिल्ला बिकट र कतिपय गाउँमा प्रहरी युनिट समेत नरहेको अबस्थामा शान्ति सुरक्षा कायम गर्न चुनौतीपुर्ण रहेको गुनासो गरेका थिए ।
यसैबीच मुख्यमन्त्री शाहीको उपस्थितिमा विहिबारै जिल्ला दैबि प्रकोप उद्धार समितिको बैठक बसेको छ । वैठकमा गएको चैत २३ गतेको असिना पानीले कृषकहरुको ९० प्रतिशत अन्नबाली, फलफुल र तरकारी खेतिमा क्षेति पुगेको प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमले जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
-
‘जनसंख्या धेरै वा थोरै हुनु समस्या होइन, राज्यको दृष्टिकोण नहुनु मूल समस्या हो’
-
के हुन्छ फिट्किरी पानीमा खुट्टा धुँदा ?
-
सशस्त्र प्रहरीद्वारा सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद
-
डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण