आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निलगाई नियन्त्रण गर्न तारबारको व्यवस्था गर्न माग

बिहीबार, ०१ चैत २०८०, १२ : १४
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । कांग्रेस सांसद रामकृष्ण यादवले निल गाई आतंक फैलिएको भन्दै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।  बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले आफ्नो निर्वाचन क्षेत्र धनुषा २ मा निलगाईको आतंकका कारण त्यस क्षेत्रमा नागरिकको जनजीवन प्रभावित भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘तारबारका लागि पहिला बार्षिक बजेटमा बजेट राखिएको थियो तर अहिलेसम्म तारबार नलगाउँदा त्यस भेगका बासिन्दाहरुको रुवाबासी भएको छ’, उनले भने, ‘महेन्द्र राजमार्गको पोर्तहवादेखि इनरवाससम्म कमला नदीको दुवैतर्फ तारबारको व्यवस्था गर्न आग्रह गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप