सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

सोमबार, १५ असार २०८३, ११ : ०२
सोमबार, १५ असार २०८३

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।
  • नेता श्रेष्ठले सुकुमबासीहरुलाई पुनर्वासको व्यवस्था बिना नै बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न आग्रह गर्दै अन्यथा गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन् ।
  • उनले बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बल प्रयोगद्वारा अमानवीय ढङ्गले सुकुमबासीहरुलाई निकालेको आरोप लगाएका छन् ।

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरुको छिटोभन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सो आग्रह गरेका हुन् । 

नेता श्रेष्ठले सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द गर्न समेत आग्रह गरेका छन् । अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्ने चेतावनी समेत उनले दिएका छन् । 

उनले भनेका छन् : ‘अहिले पुनर्वासको व्यवस्था बिना नै सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ । सुकुम्बासीहरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रूपमा उचित बसोबासको व्यवस्था गरियोस्  र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् , अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।’

बालेन्द्र नेतृत्वको सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बल प्रयोगद्वारा अमानवीय ढङ्गले सुकुम्बासीहरुलाई निकालिएको आराेप समेत उनले लगाएका छन् ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप