सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने

सोमबार, १५ असार २०८३, ११ : १५
सोमबार, १५ असार २०८३

सारांश

  • फिल्म ‘रत्यौली’को प्रदर्शन मिति फागुन २१ तोकिएको छ ।
  • महाशिवरात्री र नारी दिवस परेकाले प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको छ ।
  • फिल्ममा विजय बराल र पूजा शर्मा मुख्य भूमिकामा देखिनेछन् ।

 काठमाडौं । पछिल्लो समय फिल्म निर्माण भन्दा प्रदर्शनको मिति पाउन गाह्रो छ । त्यसैले निर्माता निर्देशक फिल्म छायांकन अगाडि प्रदर्शन तिमि तोक्न थालेका छन् ।

 यस्तैमा भदौ महिनाबाट छायांकन सुरु हुने फिल्म ‘रत्यौली’ले पनि छायांकन अघि प्रदर्शन मिति फाइनल गरेको छ । फिल्मको २१ फागुन प्रदर्शन मिति फाइनल भएको हो । महाशिवरात्री र नारी दिवस परेकाले फिल्मको प्रदर्शन मिति फागुन २१ लाई तय गरिएको बितरक करणले बताए ।

अभिनेत्री पूजा शर्माको प्रस्तुतिमा बन्ने फिल्म सुरज आचार्यको निर्माण गर्न लागेका हसन् । फिल्मका निर्देशन मुस्कान ढकाल रहेका छन् ।

फिल्मको नायकमा विजय बराल र नायिकामा पूजा शर्मा देखिदैछन् ।  नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रा.लि र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको वितरणको जिम्मा रिच इन्टरटेन्मेन्टका लागि करण श्रेष्ठले लिएका छन् ।

फिल्म सामाजिक कथामा बन्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप