शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको करिब ७ लाख रुपैयाँसहित ४ जना पक्राउ

बिहीबार, ०१ चैत २०८०, १२ : २५
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । बाँके र कैलाली जिल्लाबाट स्रोत नखुलेको करिब ७ लाख रुपैयाँसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

बाँकेको राप्तिसोनारी गाउँपालिका-८ शम्सेरगंजबाट स्रोत नखुलेको नगद ५ लाख ९० हजार नेपाली रुपैयाँसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-७ बस्ने २० वर्षीय तेज नारायण थारू र सोही नगरपालिका-८ बस्ने १८ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी शम्सेरगंजबाट खटिएको प्रहरीले भे.९ प ५८४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । 

यता कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट स्रोत नखुलेको नगद १ लाख ४१ हजार भारतीय रुपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा  सोही उपमहानगरपालिका-४ बसपार्क बस्ने ३५ वर्षीय पवन गुप्ता र ३२ वर्षीय अकिंत गुप्ता रहेका छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले सु.प.प्र ०१००८ प १६६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप