सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म रिलिज भएको दुई दिनसम्म समीक्षा नलेख्न अदालतको आदेश

बिहीबार, ०१ चैत २०८०, १४ : २७
बिहीबार, ०१ चैत २०८०

मुम्बई । भारतमा पछिल्लो समय सामाजिक सञ्जालमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षाको लहर चलेको छ । सामाजिक सञ्जालमा नकारात्मक समीक्षा आएपछि फिल्मको बक्स अफिसमा प्रभाव पार्ने भन्दै बहस समेत हुँदै आएको छ ।

फिल्मका यस्ता मुद्दा कयौँ पटक अदालतले हस्तक्षेप गर्नु परेको छ । चाहे त्यो सेन्सर बोर्डको मामला होस् या फिल्मसँग जोडिएका विवाद । यस्ता विषयमा अदालतले आफ्नो फैसला राख्दै आएको छ ।

समीक्षाको विषयमा केरलाको उच्च न्यायालयले एक फैसला सुनाउँदै नयाँ निर्देशिका जारी गरेको छ । केरल उच्च अदालतद्वारा नियुक्त एमिकस क्युरीका श्याम पेडमेनका तर्फबाट प्रस्तुत गरिएको रिपोर्टमा ती व्यक्तिविरुद्ध कडा कदम चालिएको छ, जो सामाजिक सञ्जालमा फिल्मलाई लिएर नकारात्मक समीक्षा गर्ने गरेका छन् । अदालतका अनुसार केही यस्ता व्यक्ति छन्, जो फिल्म रिलिज हुनासाथ सामाजिक सञ्जालमा समीक्षा गर्छन् ।

अदालतले एक तहका व्यक्तिहरु पैसा र पुरस्कारको लालचमा यस्ता काम गर्ने तथा पैसा र पुरस्कार नपाउनेले फिल्मको विरुद्ध खराब समीक्षा लेख्ने गरेको ठहर गरेको छ । यहीकारण नकारात्मक समीक्षाको मामला बढ्दै गएको र यसलाई रोकथाम गर्नका लागि अदालतले फिल्म रिलिजको ४८ घण्टासम्म समीक्षा नलेख्न आदेश दिएको छ । अदालतले यो मामलालाई लिएर एक पोर्टल गठन गर्न पनि सुझाव दिएको छ । 

एमिकस क्युरीले अदालतमा पेश गरेको दिशानिर्देश अनुसार सबै फिल्म समीक्षक र ब्लगरहरुलाई यो नियम पालन गर्न भनिएको छ ।

नकारात्मक समीक्षालाई लिएर २३ अक्टोबर, २०२३ मा फिल्म ‘राहेल माकन कोरा’ का निर्देशकले पुलिस स्टेसनमा उजुरी दर्ता गराएका थिए । उजुरीमा उनले आफ्नो फिल्मविरुद्ध सामाजिक सञ्जालमा नकारात्मकता फैलाइएको र आफूलाई जानीबुझी अपमान गर्ने प्रयास गरिएको आरोप लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप