बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एक्सप्रेस सेवाद्वारा मानवसेवा आश्रमलाई आर्थिक सहयोग

बिहीबार, ०१ चैत २०८०, १८ : ३७
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । एक्सप्रेस सेवाले मानव सेवा आश्रम, रानीवन शाखालाई आर्थिक सहयोग गरेको छ । बुधवार माईपे मनि ट्रान्सफरको संयोजकत्वमा मानवसेवा आश्रममा एक कार्यक्रम गर्दै एक्सप्रेस सेवाले आश्रमलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

एक्सप्रेस सेवाले माईपे मनी ट्रान्सफरसँगको सहयोगमा उक्त आर्थिक सहयोग गरेको हो । कार्यक्रममा माईपे मनि ट्रान्सफरका डिरेक्टर अफ सेल्स किरण भट्टराईले आश्रमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।

एक्सप्रेस सेवा मार्फत नेपालमा माईपे मनी ट्रान्सफरमा पठाएको पहिलो कारोबार रकम बराबर हुन आउने २५ हजार मानव सेवा आश्रममा सहयोग गरेको हो ।

एक्सप्रेस सेवा मार्फत विश्वका विभिन्न ३५ भन्दा बढी देशहरूबाट नेपालमा रकम पठाउन सकिन्छ । मानव सेवा आश्रमले अनाथ तथा असहाय मानिसहरूको लागि सहारा बन्दै आश्रय दिँदै आएको छ । यस पुण्य कार्यको यात्रामा सहकार्य गर्न आर्थिक सहयोग गरेको एक्सप्रेस सेवाले बताएको छ ।

आगामी दिनमा समेत यस्तो सहयोग जारी रहने कम्पनीको भनाइ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप