सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पहिले भाडा तिर्ने पैसा थिएन, अहिले साउथका सुपरस्टार छन् यी अभिनेता

बिहीबार, २७ वैशाख २०८१, १७ : ५२
बिहीबार, २७ वैशाख २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्मका सुपरस्टार हुन् विजय देवरकोंडा । विजय बिहीबार ३५ वर्षका भए । 

दक्षिण भारतीय फिल्म उद्योगकाे विजय देवरकोंडा  ठुलो नाम हो । अभिनेताले ‘लाइगर’बाट बलिउडमा डेब्यू गरेका थिए । तर यो फिल्म सफल हुन सकेन ।

यो फिल्म रिलिज हुनुअघि विजयले शाहरुख खानको पुरानो अन्तरवार्तामा टिप्पणी गरेका थिए । शाहरुखले आफू फिल्म उद्योगको अन्तिम सुपरस्टार हुने बताएका थिए । यो अन्तरवार्ताको प्रतिक्रियामा विजयले शाहरुख बलिउडको अन्तिम सुपरस्टार होइनौँ म आउँदै छु भनेका थिए । तर लाइगर नराम्रोसँग फ्लप भएपछि विजयको निकै खिल्ली उडाइयो । विजय पेली चोपुलु, अर्जुन रेड्डी, महानती, गीता गोविन्दम र ट्याक्सीवाला जस्ता धेरै साउथ फिल्महरूमा देखा परिसकेका छन् ।

पेली चोपुलुले सर्वोत्कृष्ट तेलुगु फिल्मको राष्ट्रिय अवार्ड नै पायो । सन् २०१७ मा रिलिज भएको फिल्म ‘अर्जुन रेड्डी’बाट विजयले धेरै स्टारडम पाए । संघर्षका दिनमा विजयसँग भाडा तिर्ने पैसा पनि थिएन । खातामा पैसा नहुँदा कुनै बेला उनको बैंक खाता सिल गरिएको थियो । तर उनीसँग अहिले धेरै सम्पत्ति छ । विजय अहिले एउटै फिल्मका लागि १२ करोड भारु पारिश्रमीक लिन्छन् । बलिउड डेब्यू लाइगरका लागि उनले ३५ करोड भारु लिएको बताइएको छ । उनको नेटवर्थ करिब ६६ करोड भारु हाराहारी छ ।

रश्मिका मन्डन्नासँगको सम्बन्धका कारण पनि पछिल्लो समय विजय चर्चामा छन् । दुवैले अहिलेसम्म यसको पुष्टि गरेका छैनन् । हालै विजयले एक अन्तरवार्तामा आफूले प्रेम विवाह गर्ने तर आमाबाबुले आफ्नो पार्टनरलाई स्वीकार गरेपछि मात्र विवाह गर्ने बताएका थिए । विजयको जन्म सन् १९८९ को मे ९ मा हैदराबादमा भएको थियो । उनले सन् २०१६ मा पेली चोपुलुबाट अभिनयमा डेब्यु गरेका थिए । ६० लाखको बजेटमा बनेको यस फिल्मले करिब ३० करोडको व्यापार गरेको थियो ।

चप्पल लगाएर फिल्मको ट्रेलर लन्चमा पुगेपछि

फिल्म ‘लाइगर’को ट्रेलर लन्च कार्यक्रममा विजय चप्पलमा पुगेका थिए । उनको यो तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । कतिले उनको सादगीको तारिफ गरेका थिए भने कतिले यसलाई पब्लिसिटी स्टन्ट भनेका थिए ।

जन्मदिनमा फ्यानलाई नौ ट्रक आइसक्रिम वितरण

विजय देवरकोंडाले आफ्नो ३० औँ जन्मदिनमा आफ्ना फ्यानहरुलाई आइसक्रिम बाँडेका थिए । त्यतिबेला हैदरावाद, वारंगल, विजयवाडा, तिरुपति, बेंगलुरु, चेन्नई र कोच्चिमा फ्यानहरूलाई उनले आइसक्रिम बाँडेका थिए । यसका लागि ९ वटा ट्रक प्रयोग गरिएको थियो ।

बैंक खाता सिल

एक अन्तर्वार्तामा विजय देवरकोंडाले आफ्नो करियरको सुरुवाती चरण कष्टकर रहेको बताएका थिए । कयौँ पटक अभिनेतासँग भाडा तिर्न पैसा पनि थिएन । खातामा पैसा नहुँदा उनको बैंक खाता नै सिल भएको थियो । तर उनले हार मानेनन् । अथक मिहिनेतले साउथमा आफ्नो छुट्टै स्थान बनाएका छन् ।

पहिलो फिल्मफेयर पुरस्कार लिलामी

विजयले फिल्म अर्जुन रेड्डीका लागि पहिलो पटक सर्वश्रेष्ठ तेलुगु अभिनेताको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरेका थिए । यो अवार्ड विजयले २५ लाख भारुमा लिलाम विक्री गरेका थिए । यो रकमलाई उनले मुख्यमन्त्री राहत कोषलाई दान दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप