अस्ट्रेलियाबाट घर फर्केकाहरूको कथा समेटेर ‘फोटो प्रदर्शनी’
काठमाडौँ । अस्ट्रेलियाबाट नेपाल फर्किएर विभिन्न काम गर्दै आएकाहरूको कथालाई समेटेर फोटो प्रदर्शनीको आयोजना गरिएको छ । अस्ट्रेलियाली कलाकार तथा वृत्तचित्र फोटोग्राफर जो रयान्खनले तयार पारेका फोटोहरूलाई ‘घर फर्किनु’ अभियान अन्तर्गत प्रदर्शनी गरिएको हो । त्यसका लागि अस्ट्रेलियाली दूतावासले आर्थिक सहयोग गरेको छ ।
पाटनको महारानी चोकमा आजदेखि सुरु भएको प्रदर्शनी जेठ ३ गतेसम्म चल्नेछ । त्यसपछि जेठ ४ गतेदेखि १० गतेसम्म काठमाडौँस्थित भूगोल पार्कमा हुनेछ । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्केले प्रदर्शनीको उद्घाटन गरिन् ।
अस्ट्रेलियामा निजी स्रोतका विद्यार्थीका रूपमा वा अस्ट्रेलिया अवार्डस् छात्रवृत्ति प्राप्त गरेका नेपाली अल्मुनाईहरूका विदेश यात्रा र उनीहरूले नेपाल फर्किएर सिपाली उद्यमी, सामाजिक कार्यकर्ता, सेफ वा डिजाइनरका रूपमा नयाँ सम्भावनाहरूको खोजी गरेका कथाहरू समेटिएका छन् ।
जो रयान्खन हाल काठमाडौँ विश्वविद्यालयमा क्राफ्ट एण्ड डिजाइन विषयमा स्नातक तह अध्ययन गरिरहेका छन् । प्रदर्शनीबारे उनले भने, ‘घर फर्किनु प्रदर्शनीले दर्शकहरूलाई नेपाल र नेपालीहरूको उज्जल भविष्यका लागि उपलब्ध सम्भावनाहरूको बारेमा सोच्न आमन्त्रण गर्दछ ।
यो प्रदर्शनीको उद्देश्य हाल नेपालबाट भइरहेको युवा बिदेसिने क्रमका बारेमा सोच्न र विदेशमा अध्ययन वा काम गरेर स्वदेश फर्किदा हुने सकारात्मक प्रभावलाई दर्साउने, त्यसरी फर्कनेहरूको साहसको उत्सव मनाउने रहेको छ ।’ उक्त प्रदर्शनीमा राखिएका कथाहरू र अन्य यस्तै धेरै कथाहरू तथा नेपालभर भेटिने कथाहरूले विदेशबाट फर्कनु कुनै असफलता नभई यसले आफ्नो क्षमताहरूको खोजी गर्ने अवसर भएको उनको भनाइ छ ।
राजदूत भोल्केले यो प्रदर्शनीले विदेशमा गएर अध्ययन गर्ने र काम गर्ने सोच बनाएका युवाहरूले नेपाललाई नै अन्तिम गन्तव्य बनाउन विश्वास व्यक्त गरिन् । नेपाली विद्यार्थीको उपस्थितिले अस्ट्रेलिया खुसी हुने तर, व्यावसायिक सीप युक्त नेपालीहरूको नेपालको दूरगामी समृद्धिका विषयमा समेत सोच्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण