सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित

बिहीबार, २७ वैशाख २०८१, १७ : ५२
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ । नेपाल बास्केटबल संघले बिहीवार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गर्दै प्रोत्साहित गरेको हो । 

नेपालले गत सोमवार चीनको युनान प्रान्तको खेलकुद ब्युरोद्वारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिने स यलथिेज स्पोटर््स कार्निभलमा स्वर्ण पदक जितेको थियो । यद्यपि यो नेपाली बास्केटबल टोलीले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । बदयगतस प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले प्रतिष्पर्धा गरेका थिए ।

नेपालसहित माल्दिभ्स, लाओस, भियतनाम, थाइल्याण्ड, म्यानमार र क्याम्बोडियाले सो प्रतियोगितामा प्रतिष्पर्धा गरेका हुन् । जहाँ नेपालले स्वर्ण पदक प्राप्त गर्यो । स्वर्ण विजेता नेपाली टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी र निश्चल महर्जन थिए । टोलीको प्रशिक्षकमा सुशील गुरुङ थिए ।

मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ उत्कृष्ट प्रशिक्षक चयन भएका थिए । संघका अध्यक्ष भीमसिंह गुरुङले स्वर्ण पदक जित्दा खुशी लागेको उल्लेख गर्दै नेपालले ‘थ्री एक्स थ्री’ बास्केटबलको विश्व छनोटमा भाग लिने पनि जानकरी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप