गृहमन्त्रीलाई कमल थापाको प्रश्न– सहकारी ठगीको आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नवनियुक्त गृहमन्त्रीलाई सहकारी ठगीको आरोप लागेको भन्दै सो आरोपलाई दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
बिहीबार पार्टीले काठमाडौँमा आयोजना गरेको वृहत् जनप्रदर्शनपछि सम्बोधन गर्दै अध्यक्ष थापाले गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्न आग्रह गरेका हुन् । उनले सहकारी ठगीको आरोपलाई पारदर्शी र जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी पार्न चुनौती दिए । उनले नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनेछन् भनेर आफूहरूले हेरिराखेको बताए ।
अध्यक्ष थापाले पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरू सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्न रहेको भन्दै उनीहरूलाई कारबाही गर्न सक्नुहुन्छ ? भनी प्रश्न समेत गरे । उनले ललिता निवास जग्गा प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ भनेर पनि प्रश्न गरे ।
उनले भने,‘म यही मञ्चबाट नयाँ गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आग्रह गर्न चाहन्छु, के तपाई ललिता निवास जग्गा काण्डमा मुछिएका दुईवटा प्रधानमन्त्रीलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ ? के तपाई सुन तस्करीमा मुछिएका पूर्वउपराष्ट्रपति, पूर्वसभामुख र पूर्वमन्त्रीका छोराहरुलाई जेलमा राखेर कारबाही गर्न सक्नुहुन्छ ? म स्वयं गृहमन्त्रीलाई भन्न चाहन्छु, नक्कली भुटानी शरणार्थी काण्डमा केही व्यक्तिहरू पक्राउ परे तर ठुला नेता र ठुला नेताको परिवारलाई जोगाउने काम भएको छ, के तपाई तिनीहरूलाई कानुनको कठघरामा उभ्याउन सक्नुहुन्छ ? यति मात्र होइन, म गृहमन्त्रीलाई भन्न चाहन्छु, तपाईँमाथि पनि सहकारी ठगीको आरोप लागेको छ, के तपाई त्यसलाई पारदर्शी ढंगबाट, जनतालाई चित्त बुझ्नेगरी दुधको दुध, पानीको पानी गर्न सक्नुहुन्छ ? हामी हेरिराखेका छौँ नयाँ गृहमन्त्रीले जनतालाई कसरी सुशासनको प्रत्याभूति दिनु हुनेछ ?’
अध्यक्ष थापाले नेपालमा धर्म निरपेक्षता र संघीय गणतन्त्र असफल भएको बताए । उनले सरकार र पार्टीहरुको अकर्मण्यताको कारण युवाहरू बिदेसिन बाध्य हुनुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण