देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फस्यो : सांसद केसी
शुक्रबार, ०२ चैत २०८०, १२ : ३४
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताएका छन् । शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।
उनले भने, ‘देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो तस्करीबारे छनाबिन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो । तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायब गरियो । अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ । यो पनि त्यसरी नै हराउने काम नहोस् । जो दोषी छन्, उनीहरूमाथि कारबाही होस् ।’
उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठुलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण