शैतानको कलेक्शन ८० करोड भारु नजिक
नयाँ दिल्ली । अजय देवगन र आर माधवनको शीर्ष भूमिका रहेको फिल्म ‘शैतान’ले भारतीय हलहरूमा तहल्का मच्चाइरहेको छ । फिल्मले दर्शकबाट निकै माया पाइरहेको छ । गएको हप्तादेखि बक्स अफिसमा फिल्मको एकलौटी नियन्त्रण छ । ‘शैतान’ले दिनहुँ हरेक दिन करोडौं रुपैयाँ कमाइरहेछ । अजय देवगनको फिल्मले ६ दिनमा घरेलु बक्स अफिसमा ७० करोडको आँकडा पार गरेको छ ।
पहिलो दिनदेखि नै बक्स अफिसमा फिल्मको कमाई शानदार थियो । यो चलचित्रले पहिलो दिन १४ करोड ७५ लाख भारु कमाएको थियो । दोस्रो देखि छैटौँ दिनसम्म फिल्मले क्रमशः १८ करोड ७५ लाख भारु, २० करोड ५ लाख भारु, ७ करोड २५ लाख भारु, ६ करोड ५ लाख भारु र ६ करोड २५ लाख भारु करोड कलेक्सन गरेको छ । फिल्मको सातौँ दिनको कमाइको प्रारम्भिक तथ्याङ्क बाहिर आएको छ ।
स्याकनिल्कको रिपोर्टअनुसार शैतानले बिहीबार अर्थात् सातौँ दिन देशभर ५ करोड ७५ लाख भारुको व्यापार गरेको छ । यो प्रारम्भिक अनुमान भएकोले आधिकारिक तथ्याङ्क आएपछि तथ्यांकमा केही परिवर्तन हुनसक्छ । योसँगै घरेलु बक्स अफिसमा अहिलेसम्म ७९ करोड ७५ लाख भारुको व्यापार गरिसकेको छ । फिल्म छिट्टै भारतमा सय करोड क्लबमा छिर्नेछ ।
फिल्मले भारतमा मात्रै नभएर विदेशमा पनि तगडा कमाई गरिरहेको छ । फिल्मले ६ दिनमै १०८ करोड कमाएको थियो । शैतान गुजराती फिल्म वाशको हिन्दी रिमेक हो । यसलाई विकास बहलले निर्देशन गरेका हुन् । फिल्ममा अजय देवगनका अलावा ज्योतिका र जानकी बोडिवालाको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा आर माधवन खलनायकको रूपमा देखा परेका छन् । फिल्ममा उनको अभिनयको निकै चर्चा भइरहेको छ । आर माधवनले पहिलो पटक फिल्ममा यस्तो खतरनाक भूमिका निभाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण