अदाको ‘बस्तर : द नक्सल स्टोरी’लाई प्रतिबन्धको तयारी
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको निर्देशक सुदिप्तो सेनको फिल्म ‘बस्तरः द नक्सल स्टोरी’ रिलिज हुनासाथ विवादमा तानिएको छ । छत्तिसगढको नक्सल आतंकमा आधारित अभिनेत्री अदा शर्मा स्टाररयो फिल्मका शो कर्नाटकसहित अन्य राज्यमा धमाधम रद्द हुन थालेका छन् ।
अदालतले अदालाई एक सूचना पनि पठाउने तयारी रहेको छ । अधिकांश स्थानमा फिल्मलाई प्रतिबन्ध गर्ने चर्चा उत्तिकै छ । २ घण्टा ४ मिनेटको यो फिल्ममा नक्सलीको हिंसालाई खुलेर देखाइएको छ । थिएटर तथा दर्शकले फिल्ममा प्रयोग गरिएका केही संवादलाई लिएर आपत्ति जनाएका छन् । उक्त संवादले विवाद सिर्जना सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फिल्ममा प्रयोग गरिएका केही विवादास्पद संवाद र केही राजनेतालाई बदनाम गरेको आरोपमा अदालतले अभिनेत्री अदालाई अदालतमा उपस्थित हुन सूचना पठाउने तयारी गरिरहेको छ । फिल्ममा माओवादीको क्रूरतालाई पूर्ण रूपमा चित्रण गराइको छ । फिल्ममा अदा आईपीएस अधिकारीको भूमिकामा छिन् । फिल्ममा अदामाथि निर्दोष आदिवासीहरूलाई फेक इन्काउन्टरमा सहभागिता गराएको आरोप र नक्कली गतिविधिलाई नियन्त्रणको आडमा फैलाइएको अतिक्रमणमा दोषी देखिएको मामला देखाइएको छ ।
फिल्ममा नक्सल गिरोहको मिसन, सीआरपीएफ बटालियनका जवानमाथि झुक्क्याएर हमला गरेको र उनीहरूको मृत्युदेखि लिएर कैयौँ हृदयविदारक दृश्य देखाइएको छ । फिल्ममा हिंसा यति धेरै छ कि फिल्म समीक्षकले कमजोर मुटु भएकालाई फिल्म नहेर्न सल्लाह नै दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण