सदन
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आइतबार, ०४ चैत २०८०, ०७ : ०९
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।
यसअघि गत शुक्रबारको बैठकमा नेपाली कांग्रेसले बेल घेराउ गरेपछि बैठक प्रभावित भएको थियो । कांग्रेसले सहकारी अनियमिततामा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण