प्रिमियर लिगमा फुलह्याम र बर्नले विजयी
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलेले जित निकाल्दा लुटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे ।
खेलको ४२ औँ मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाए । ४९ औँ मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलह्यामले अग्रता दोब्बर बनाएको थियो । यस्तै, ६१ औँ मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा फुलह्यामले ३–० को सहज जित निकाल्न सफल भयो ।
जितसँगै फुलह्याम ३८ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड आठौँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि पाएको पेनाल्टीमा बर्नलेका ज्याकोब लार्सेनले गोल गर्दै अग्रता दिलाए । ६२ औँ मिनटमा डेभिड फोफानाले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारेका थिए ।
तर, ८३ औँ मिनेटमा क्रिष्टोफोर अजेरले ब्रेन्टफोर्डका लागि गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । प्रिमियर लिग तालिकामा बर्नले १९ औँ तथा ब्रेन्टफोर्ड १५ औँ स्थानमा छ । यसैगरी नटिङघम फरेस्ट र लुटन टाउनले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएका छन् । ३४ औँ मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङघम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ८९ औँ मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्त्वपूर्ण एक अंक दिलाए । नटिङघम १७ औँ तथा लुटन १८ औँ स्थानमा छ । प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने ८ बजे वेस्टह्याम र एस्टन भिल्ला भिड्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव