प्रिमियर लिगमा फुलह्याम र बर्नले विजयी
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलेले जित निकाल्दा लुटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे ।
खेलको ४२ औँ मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाए । ४९ औँ मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलह्यामले अग्रता दोब्बर बनाएको थियो । यस्तै, ६१ औँ मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा फुलह्यामले ३–० को सहज जित निकाल्न सफल भयो ।
जितसँगै फुलह्याम ३८ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड आठौँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि पाएको पेनाल्टीमा बर्नलेका ज्याकोब लार्सेनले गोल गर्दै अग्रता दिलाए । ६२ औँ मिनटमा डेभिड फोफानाले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारेका थिए ।
तर, ८३ औँ मिनेटमा क्रिष्टोफोर अजेरले ब्रेन्टफोर्डका लागि गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । प्रिमियर लिग तालिकामा बर्नले १९ औँ तथा ब्रेन्टफोर्ड १५ औँ स्थानमा छ । यसैगरी नटिङघम फरेस्ट र लुटन टाउनले एक –एक गोलको बराबरी खेल्दै एक– एक अंक लिएका छन् । ३४ औँ मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङघम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ८९ औँ मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्त्वपूर्ण एक अंक दिलाए । नटिङघम १७ औँ तथा लुटन १८ औँ स्थानमा छ । प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने ८ बजे वेस्टह्याम र एस्टन भिल्ला भिड्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण