व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ : सांसद पाण्डे

काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभई देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए । उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए ।
उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए । पाण्डेले कांग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए ।
‘कांग्रेस र एमाले मिल्ने भनेको अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट छलफल अघि बढ्नुहुँदैन । दुई वटा पार्टी मिल्ने भनेको व्यवस्था बलियो बनाउन मिल्ने हो’ उनले भने, ‘देशमा सङ्कट आइरहेको छ । व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् । व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मूल शक्तिहरू भएकोले हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।’
उनले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
-
अरु प्रदेशको तुलनामा लुम्बिनीमा बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक : अर्थमन्त्री कार्की
-
अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार गौतम बुद्ध : प्रधानमन्त्री
-
भारतबाट फर्कँदै गरेका नेपालीहरूसँग भारतीय सुरक्षाकर्मीद्वारा पैसा असुली
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे