व्यवस्था बलियो बनाउन कांग्रेस र एमालेको मेलमिलाप हुनुपर्छ : सांसद पाण्डे
काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् ।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभई देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताए । उनले अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको बताए ।
उनले व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको बताए । पाण्डेले कांग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताए ।
‘कांग्रेस र एमाले मिल्ने भनेको अहिले भएको वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार, प्रधानमन्त्री बनाउने कोणबाट छलफल अघि बढ्नुहुँदैन । दुई वटा पार्टी मिल्ने भनेको व्यवस्था बलियो बनाउन मिल्ने हो’ उनले भने, ‘देशमा सङ्कट आइरहेको छ । व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेका छन् । व्यवस्थाको औचित्यमाथि नै मानिसहरूले प्रश्न उठाउन थालेका छन्, यो सन्दर्भमा कम्तीमा कांग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मूल शक्तिहरू भएकोले हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो ।’
उनले एमाले र कांग्रेसको मेलमिलाप संस्था बनाउन र भत्काउन नभई व्यवस्था बलियो बनाउन हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण