साउथ फिल्ममा डेब्यू गर्दै करिना कपुर
नयाँ दिल्ली । बलिउड अभिनेत्री करिना कपुरले साउथ फिल्ममा डेब्यु गर्न लागेको खबर निकै दिनदेखि सञ्चार माधयममा आइरहेका छन् । उनको हातमा साउथको बिग बजेटको फिल्म भएको बताइएको थियो ।
यसबारे अभिनेत्रीले आफ्नो मौनता तोडेकी छिन् । केही दिनयता करिना यशको टक्सिकमा काम गर्न लागेको गाईगुई चलिरहेको थियो । रेडिटको एउटा एकाउन्टमा करीनाको एउटा भिडियो शेयर गरिएको छ । यसमा अभिनेत्रीले दक्षिण भारतीय फिल्ममा आफ्नो डेब्यूबारे कुरा गरिरहेकी छिन् ।
साउथमा डेब्युबारे के भनिन् करिनाले ?
‘मैले भनेजस्तै अब म साउथको ठूलो फिल्म गर्न सक्छु... ..... म यो पहिलो पटक यस्तो गर्दैछु,’ उनले भिडियोमा भनेकी छिन् । यसै वर्ष जनवरीमा इन्डिया टुडेले यशको टक्सिकमा करिनाले मुख्य भूमिका निर्वाह गर्ने बताएको थियो । करीनालाई लिएर निर्माताहरू निकै उत्साहित रहेको र उनलाई फिल्ममा साइन गर्न कुराकानी थालेको फिल्ममा भनिएको थियो ।
रविनापछि करीनासँग देखिँदैछन् केजीएफ स्टार
फिल्मफेयरमा छापिएको एउटा खबरका अनुसार निर्देशक गीतु मोहनदास र यशले आगामी दिनमा करिनालाई स्टार कास्टमा समावेश गर्ने घोषणा गर्न सक्नेछन् । चलचित्रको छायांकन केही सातामै सुरु हुने बताइएको छ । यशसँग काम गर्ने करिना पहिलो बलिउड अभिनेत्री होइनन् । सन् २०२२ मा यशको केजीएफमा रविना टन्डन र सञ्जय दत्तले पनि काम गरेका थिए ।
टक्सिकको कुरा गर्नु पर्दा यो यशको १९ औँ फिल्म हो । गत वर्ष डिसेम्बरमा यशले निर्देशक गीतु मोहनदाससँग आफ्नो आगामी फिल्म टक्सिकको घोषणा गरेका थिए । यो फिल्म सन् २०२५ को जुन २५ मा रिलिज हुनेछ । टक्सिक यश र गीतु मोहनदासको पहिलो सहकार्य हुनेछ । यसमा यश पहिले कहिल्यै नदेखेको भूमिकामा देखिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण