आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

महिना दिनभित्रमा घरबाटै एक घन्टामा श्रम स्वीकृति लिन मिल्ने बनाउँछु : श्रममन्त्री आर्याल

सोमबार, ०५ चैत २०८०, १७ : ४४
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक घन्टामै श्रम स्वीकृति दिने तयारी गरिएको बताएका छन् । 

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । आगामी शुक्रबारदेखि एक घन्टाभित्रै श्रम स्वीकृति दिनेगरी तयारी सुरु भएको उनले बताए । उनले एक महिना भित्रमा आफ्नै मोबाइलबाट एक घन्टामा श्रम स्वीकृति लिनसक्ने अवस्था बनाउने दाबी गरे । 

 श्रममन्त्री आर्यालले आफूले यो निर्देशन विभिन्न अध्ययन गरेर सक्ने भएपछि मात्रै दिएको बताए । उनले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिनका लागि दुःख पाएको भन्दै एक घन्टामा सबै प्रक्रिया पूरा हुने गरी व्यवस्था गर्नुपर्ने बताए ।

श्रममन्त्री आर्यालले कर्मचारीहरूले नै समय लगाएर भ्रष्टाचार गर्न सहज बनाइदिने गरेको गुनासो आएपछि आफूले एक घन्टामै श्रम स्वीकृति दिने व्यवस्था मिलाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप