रोजगार मेलामा ४५ सयको भ्रमण, झन्डै ५ सय रोजगारी सिर्जना
_B1EqHPNjjo.jpg)
विराटनगर । विराटनगर महानगरपालिकाले यही चैत २ र ३ गते आयोजना गरेको ‘महानगर रोजगार मेला’ मा ४ हजार ५ सय १३ जनाले रोजगारी मागेका छन् ।
मेलामा रहेका ३६ वटा स्टलबाट ४९२ जनाको लागि भने रोजगारी सिर्जना भएको महानगरले जनाएको छ । यस्तै स्टल बाहिरबाट मात्रै ५३ जनाको लागि रोजगारी सिर्जना भएको र ५० जनाले भने रोजगारी पाइसकेको मेला संयोजक कपिल थापाले जानकारी दिए ।
उनका अनुसार २ सय २० जनाले अन्तरवार्ता दिएका छन् । अब सबैको डाटा इन्ट्री गरे लगत्तै रोजगारी सिर्जना भएको कोटा सार्वजनिक गर्ने थापाले जानकारी दिए । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । अन्तरवार्ता दिएका आवेदकले पनि छिट्टै रोजगारी प्राप्त गर्ने महानगरले जनाएको छ ।
रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदातालाई जोड्ने उद्देश्यका साथ महानगरले आयोजना गरेको मेलामा सफाइ कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (एसिस्टेन्ट सीइओ) सम्मको माग भएको छ ।
सबैभन्दा बढी बजार व्यवस्थापक (मार्केटिङ) मा माग भएको थापाले जानकारी दिए । स्वीस कन्ट्रयाक (आस्मा) नेपालको सहयोगमा सञ्चालित मेलामा उद्योग, होटल, अस्पताल, बैंक, पर्यटन, बिमा, विद्यालय तथा निजी व्यावसायिक क्षेत्रका ३६ वटा स्टल समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि तीन तहको सरकारबिच सहकार्य जरुरी: उपप्रमुख डङ्गोल
-
सन्तोष परियारलाई प्रश्न : संसद्मा रास्वपा अब एक्लै भिड्छ ?
-
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
-
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
-
संघीय सरकारको जस्तो छैन नारा, तर सक्षम बन्दैछन् प्रदेश
-
‘महाभोज’सँग भिड्दै ‘ब्यालेरिना’ र ‘हाउ टु ट्रेन योर ड्रागन’