सय करोड क्लबमा शैतान
नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म ‘शैतान’को बक्स अफिसमा दबदबा जारी छ । सिद्धार्थ मल्होत्राको ‘योद्धा’ र अदा शर्माको ‘बस्तरः द नक्सल स्टोरी’ले पनि ‘शैतान’को कमाइमा खासै प्रभाव पार्न सकेको छैन । यसैबिच, अजय देवगनको फिल्म सय करोड क्लबमा परेको छ । यस फिल्मले भारतीय बक्स अफिसमा सय करोड भारु भन्दा धेरैको कमाइ गरेको छ ।
अजय देवगन र आर माधवन अभिनित फिल्मले पहिलो हप्तामा नै उत्कृष्ट कमाई गरेको थियो । १० औं दिनमा पनि यो फिल्मको कमाई जारी छ । शैतानले ओपनिङ डेमा १४ करोड ७५ लाख भारु कमाएको थियो । दोस्रोदेखि छैटौँ दिनसम्म फिल्मले क्रमशः १८ करोड ७५ लाख, २० करोड ५० लाख, ७ करोड २५ लाख, ६करोड ५० लाख र ६ करोड २५ लाख कमाएको थियो ।
सातौँ देखि नवौँ दिनसम्म फिल्मले ५ करोड ७५ लाख भारु, ५ करोड ५ लाख र दिन ८ करोड ५० लाख भारुको व्यापार गर्यो । स्याकनिल्कको रिपोर्ट अनुसार ‘शैतान’ ले दसौं दिन अर्थात् दोस्रो आइतबार देशभर ९ करोड ७५ लाख भारु कमाएको छ । योसँगै फिल्म घरेलु बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गरेको छ । शैतानले १० दिनमा देशभरबाट १०३ करोड ५ लाख भारुको व्यापार गरेको छ ।
अजय देवगन र आर माधवन अभिनित फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । यो चलचित्रलाई दर्शकले धेरै माया दिइरहेका छन् । विश्वव्यापी कमाइको कुरा गर्ने हो भने फिल्मले १३७ करोड ९८ लाख भारु कमाइसकेको छ । यो फिल्मको निर्देशन विकास बहलले गरेका हुन् । यो गुजराती फिल्म ‘वाश’ को हिन्दी रिमेक हो । यसमा ज्योतिका र जानकी बोडिवालाको समेत महत्त्वपूर्ण भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण