सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सय करोड क्लबमा शैतान

मङ्गलबार, ०६ चैत २०८०, ०९ : ४८
मङ्गलबार, ०६ चैत २०८०

नयाँ दिल्ली । अजय देवगन र आर माधवनको फिल्म ‘शैतान’को बक्स अफिसमा दबदबा जारी छ । सिद्धार्थ मल्होत्राको ‘योद्धा’ र अदा शर्माको ‘बस्तरः द नक्सल स्टोरी’ले पनि ‘शैतान’को कमाइमा खासै प्रभाव पार्न सकेको छैन । यसैबिच, अजय देवगनको फिल्म सय करोड क्लबमा परेको छ । यस फिल्मले भारतीय बक्स अफिसमा सय करोड भारु भन्दा धेरैको कमाइ गरेको छ ।

अजय देवगन र आर माधवन अभिनित फिल्मले पहिलो हप्तामा नै उत्कृष्ट कमाई गरेको थियो । १० औं दिनमा पनि यो फिल्मको कमाई जारी छ । शैतानले ओपनिङ डेमा १४ करोड ७५ लाख भारु कमाएको थियो । दोस्रोदेखि छैटौँ दिनसम्म फिल्मले क्रमशः १८ करोड ७५ लाख, २० करोड ५० लाख, ७ करोड २५ लाख, ६करोड ५० लाख र ६ करोड २५ लाख कमाएको थियो ।

सातौँ देखि नवौँ दिनसम्म फिल्मले ५ करोड ७५ लाख भारु,  ५ करोड ५ लाख र दिन ८ करोड ५० लाख भारुको व्यापार गर्‍यो । स्याकनिल्कको रिपोर्ट अनुसार ‘शैतान’ ले दसौं दिन अर्थात् दोस्रो आइतबार देशभर ९ करोड ७५ लाख भारु कमाएको छ । योसँगै फिल्म घरेलु बक्स अफिसमा १०० करोड क्लबमा प्रवेश गरेको छ । शैतानले १० दिनमा देशभरबाट १०३ करोड ५ लाख भारुको व्यापार गरेको छ ।

अजय देवगन र आर माधवन अभिनित फिल्मले भारतमा मात्रै होइन विदेशमा पनि राम्रो व्यापार गरिरहेको छ । यो चलचित्रलाई दर्शकले धेरै माया दिइरहेका छन् । विश्वव्यापी कमाइको कुरा गर्ने हो भने फिल्मले १३७ करोड ९८ लाख भारु कमाइसकेको छ । यो फिल्मको निर्देशन विकास बहलले गरेका हुन् । यो गुजराती फिल्म ‘वाश’ को हिन्दी रिमेक हो । यसमा ज्योतिका र जानकी बोडिवालाको समेत महत्त्वपूर्ण भूमिका छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप