शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सारा अली खानसँग विक्रान्त मैसीले किन मागे माफी ?

मङ्गलबार, ०६ चैत २०८०, १७ : १५
मङ्गलबार, ०६ चैत २०८०

नयाँ दिल्ली । अधिकांश स्टार किड्जलाई राम्रो मानिन्न । उनीहरूको क्षमताबारे पूर्वाग्रह राख्ने गरेको पाइन्छ । 

यस्तै सारा अलि खानसँग पनि भयो । यसको खुलासा विधु विनोद चोपडाको गत वर्ष आएको चर्चित फिल्म ‘१२ औँ फेलका नायक विक्रान्त मैसीले गरेका हुन् ।

सुरुमा आफूलाई सारा अली खान अभिनयप्रति खासै गम्भीर नभएको लाग्थ्यो भनेर हालै एउटा अन्तरवार्तामा मैसीले बताएका थिए । विक्रान्तको यो भिडियो निकै भाइरल भयो । जतिबेला विक्रान्तले यस्तो अभिव्यक्ति दिएका थिए त्यतिबेला बलिउडमा नातावाद कृपावादसम्बन्धी बहस निकै चर्किएको थियो । धेरैले यस्तै सोच राख्दथे । आफूले पनि त्यही सोच्न थालेको उनको भनाई छ । नातावादको सिकार भएकोले आफूले पूर्वाग्रह पालेको उनी बताउँछन् । सारासँग काम गर्नु अघि उनको प्राथमिकता हेयर स्टाइल र मेकअप मात्रै होला, अभिनयलाई गम्भीरतापूर्वक के लिएको होला र भन्ने पूर्वाग्रह विक्रान्तको मनमा थियो ।  

तर सँगै काम गर्दा अभिनयप्रति साराको उत्साह र उनको प्रतिभा देखेर आफूले बनाएको गलत धारणाका लागि उनले तुरुन्तै अभिनेत्रीसँग माफी मागे । फिल्म ग्यासलाइटको सुटिङको बेलामा केही सेकेन्डमै सारा अभिनयका लागि कति मेहनत गर्छिन् भन्ने कुरा आफूले बुझेको विक्रान्तको भनाइ छ । कलाकारको रुपमा अभिनयलाई उनले दिएको प्राथमिकता देखेर आफू सारासँग निकै प्रभावित भएको पनि उनले बताए । उनले सारासँग माफी नै मागे । ‘मलाई यसको बानी परिसकेको छ । म कहाँबाट आएको हुँ, म को हुँ भन्ने मैले राम्ररी बुझेको छु । यसको साथमा धेरै धारणाहरू जोडिएका छन् अनि यसले मलाई केही फरक पर्दैन,’ माफी मागेपछि साराले विक्रान्तलाई भनेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप