काम गर्दागर्दै रेल्वे ट्र्याकमा पल्टिएका गार्डहरूको मृत्यु
नयाँ दिल्ली । हिजोआजका युवाहरूमा मात्रै होइन वृद्ध वृद्धाहरूमा पनि हेडफोन र इयरफोनको क्रेज छ । घरमा होस् वा बाहिर घुम्न जाँदा धेरैजसोको कानमा इयरफोन झुन्डिएको देखिन्छ । सडकमा काम गर्दा वा हिँडिरहेको समयमा कानमा हेडफोन घुसाएर गीतमा मग्न हुनु धेरै खतरनाक हुन सक्छ । तर पनि मानिसहरू सावधानी अपनाउँदैनन् । यसरी इयरफोनमा मग्न भएको बेलामा अनेकौँ घटना घटेका छन् । भारतको जैसलमेरको पोखरणमा रेल कर्मचारीका लागि इयरफोन मृत्युको कारण बनेको छ ।
पोखरण रेलवेमा विद्युतीकरणको काम भइरहेको छ । यही बेलामा रेल्वे ट्र्याकमा दुई कर्मचारीको मृत्यु भएको हो । ती दुई जना कर्मचारी रेलवे गेट नजिकै काम गरिरहेका थिए । दुवैको नाइट सिफ्ट थियो । लगातार काम गर्दागर्दै दुवै जना थाकेका थिए । केही बेर सुस्ताउन दुवै रेल्वेको ट्याकमै पल्टिए । यतिबेला दुवैले कानमा इयरफोनमा गीत सुनिरहेका थिए । सोही रेल्वे ट्र्याकमा एउटा रेल आयो र दुबैलाई कुल्चियो ।
मृत्यु हुने दुवै युवाको सनाखत भइसकेको छ । उनीहरू चार दिनअघि मात्रै सेक्युरिटी गार्डको जागिर पाएका थिए । दुवैको सिफ्ट राति ९ बजेदेखि बिहान ४ बजेसम्म थियो । घटना भएको दिन दुवै जना काम गरिरहेका थिए । यस क्रममा इयरफोनमा गीत सुनिरहेका थिए । इयरफोनमा बजेको गीतका कारण उनीहरुले नजिकै आएको रेलको आवाज सुनेनन् र यो दुर्घटना भयो । दुवैको कानभित्र इयरफोनका टुक्रा भेटिएको थियो । दुबैलाई कार्गो रेलले किचेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण