टी–२० विश्वकपको तयारी : आयरल्यान्डविरुद्धको शृङ्खलाका लागि नेपाली टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा हुने आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधवार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
यो टोलीले आयरल्यान्डविरुद्धको सुरुवाती दुई खेल खेल्नेछ । यही टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृङ्खला पनि खेल्नेछ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल र विवेक यादव रहेका छन् ।
यसैगरी नेपाली टोलीमा सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द पनि रहेका छन् ।
नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा आठ वटा टी–२० खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । शृङ्खला अर्को साता सुरु हुनेछ ।
यसैगरी नेपाली टोलीले भारतमा गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृङ्खला खेल्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण