आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकपको तयारी : आयरल्यान्डविरुद्धको शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

बुधबार, ०७ चैत २०८०, १२ : ००
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले निकट भविष्यमा हुने आयरल्यान्ड ‘ए’ विरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधवार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

यो टोलीले आयरल्यान्डविरुद्धको सुरुवाती दुई खेल खेल्नेछ । यही टोलीले भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक मैत्रीपूर्ण शृङ्खला पनि खेल्नेछ । घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल र विवेक यादव रहेका छन् ।

यसैगरी नेपाली टोलीमा सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द पनि रहेका छन् ।

नेपालले आयरल्यान्डको ‘ए’ टोलीसँग घरेलु मैदानमा आठ वटा टी–२० खेलको शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । शृङ्खला अर्को साता सुरु हुनेछ ।

यसैगरी नेपाली टोलीले भारतमा गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका लागि यो शृङ्खला खेल्न लागेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप