सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, ०७ चैत २०८०, १२ : १५
बुधबार, ०७ चैत २०८०

चितवन । भरतपुर महानगरपालिका–२९ दाशढुङ्गास्थित सडकमा ना.७ ख ७६४ नम्बरको ट्रकले ना.५ प ८१९९ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरूषको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप