खेलकुदमन्त्री र आइसीसी अध्यक्षबिच भेटवार्ता
बुधबार, ०७ चैत २०८०, १६ : ५०
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच बुधबार युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा भेटघाट भएको छ ।
भेटघाटमा उनीहरुबीच नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो । नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको अध्यक्ष बार्कलेले बताए।
मन्त्री श्रेष्ठले आईसीसीको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तिकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए । अध्यक्ष बार्कले चारदिने नेपाल भ्रमणमा नेपाल आएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण