काठमाडौँ र ललितपुरमा लाखौँ बराबरको चोरी
बिहीबार, ०८ चैत २०८०, १२ : ३४

काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा बुधबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका-२ बस्ने रामकृष्ण पाण्डेको घरमा चोरी भएको हो ।
कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गहना र नगद १ लाख रुपैयाँ समेत गरी करिब ४ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी ललितपुरको ललितपुर महानगरपालिका-२६ सुनाकोठी डेरा गरी बस्ने तेह्रथुम आठराई गाउँपालिका-१ घर भएकी कमला सिटौलाको कोठाबाट सुनका विभिन्न गहना लगायतका समान गरी करिब ८ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा