आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ जातको धानको बीउ पञ्जीकृत

बिहीबार, ०८ चैत २०८०, १७ : ५३
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नयाँ जातको धानको बीउ पञ्जीकृत गरेको छ । चीनमा विकास भएको एच क्यु ००२ नामक बर्णशंकर जातको धानको बीउ पञ्जीकृत गरेको हो । 

सो धान ८ सयदेखि १५ सय मिटर उचाइसम्म रोप्न सकिने छ । मन्त्रालयका अनुसार मध्य पहाडी क्षेत्रमा सिञ्चित क्षेत्रका लागि सो धान सिफारिस गरिएको छ ।

नयाँ बर्णशंकर जातको धानको बीउको उत्पादन क्षमता प्रतिहेक्टर ८ देखि ९ मेट्रिक टन छ ।  १ सयदेखि १०५ दिनमा सो धान पाक्ने मन्त्रालयले उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप