३१ वर्षपछि दर्शकमाझ पुनः ‘बाजीगर’
शुक्रबार, ०९ चैत २०८०, ०८ : ४०
मुम्बई । अभिनेता शाहरुख खान, अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ । सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै हल्लाइदिएको थियो ।
फिल्ममा शाहरुखले नकारात्मक चरित्र निर्वाह गरेका थिए । यो फिल्म अहिले ३१ वर्षपछि पुनः रिलिजको तयारीमा छ । फिल्मकी अभिनेत्री काजोलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा फिल्मको पोस्टर शेयर गर्दै पुनः रिलिजको जानकारी दिएकी छन् ।
‘फ्ल्यासब्याक त्यो समयको, जब फिल्मले स्क्रिनमा जादु छरेको थियो । तपाईं सिनेपोलिसको रेट्रो फिल्म फेस्टिभलमा बलिउडको यो क्लासिक फिल्म ‘बाजीगर’का साथ ती दिनको सम्झना गर्न सक्नुहुन्छ, तपाईंको नजिक रहेको सिनेपोलिस थिएटरमा रिलिज’, इन्स्टाग्राममा काजोलले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिग अर्थतन्त्र र राइड–हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्याउन सक्ने
-
खरेलको पार्थिव शरीरमा कांग्रेस सभापति थापाले ओढाए पार्टीको झन्डा
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण