सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

३१ वर्षपछि दर्शकमाझ पुनः ‘बाजीगर’

शुक्रबार, ०९ चैत २०८०, ०८ : ४०
शुक्रबार, ०९ चैत २०८०

मुम्बई । अभिनेता शाहरुख खान, अभिनेत्रीद्वय काजोल र शिल्पा शेट्टीको अभिनय रहेको फिल्म ‘बाजीगर’ पुनः रिलिज हुने भएको छ । सन् १९९३ मा रिलिज यो फिल्मले त्यो समयमा बक्सअफिस नै हल्लाइदिएको थियो ।

फिल्ममा शाहरुखले नकारात्मक चरित्र निर्वाह गरेका थिए । यो फिल्म अहिले ३१ वर्षपछि पुनः रिलिजको तयारीमा छ । फिल्मकी अभिनेत्री काजोलले आफ्नो इन्स्टाग्राम एकाउण्टमा फिल्मको पोस्टर शेयर गर्दै पुनः रिलिजको जानकारी दिएकी छन् ।

‘फ्ल्यासब्याक त्यो समयको, जब फिल्मले स्क्रिनमा जादु छरेको थियो । तपाईं सिनेपोलिसको रेट्रो फिल्म फेस्टिभलमा बलिउडको यो क्लासिक फिल्म ‘बाजीगर’का साथ ती दिनको सम्झना गर्न सक्नुहुन्छ, तपाईंको नजिक रहेको सिनेपोलिस थिएटरमा रिलिज’, इन्स्टाग्राममा काजोलले लेखेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप
रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप