नागरिकको आधारभूत सेवालाई प्राथमिकतामा राखेका छौँ: मेयर लामा
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले नागरिकको आधारभूत आवश्यकता परिपूर्तिका लागि गम्भीर भएर अघि बढिरहेको बताइन् । नागरिकको शिक्षा स्वास्थ्य, खानेपानी जस्ता आधारभूत सेवालाई उपमहानगरपालिकाले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।
हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर लामाले नागरिकहरूलाई सुविधा र सेवा प्रवाहमा सहजता प्रदान गर्न उपमहानगरपालिकाले भूमिका खेलेको बताइन् । जनताले महसुस गर्ने गरी विकास निर्माण लगायतका काम गरिरहेको उनको भनाई छ ।
मेयर लामाका अनुसार उपमहानगरपालिकाले बोर्डसँगको समन्वयमा हेटौडाका ८ हजार बढी नागरिकलाई निःशुल्क खानेपानी वितरण गर्दै आएको छ । सो दरलाई वृद्धि गर्न हेटौँडाका विकट वडाका खानेपानी उपभोक्ता समितिहरूलाई बोर्डमा आबद्ध गर्ने काम भइरहेको उनले बताइन् । नागरिकको जीवनस्तर सुधार गर्न उपमहानगरपालिकाले नीतिगत रूपमा सुधार गर्दै बजेट तथा कार्यक्रम ल्याउने र नागरिकहरूलाई सुविधाहरू क्रमशः वृद्धि गर्दै अघि बढ्ने तयारी रहेको उनले बताइन् । उपमहानगरपालिकाले विकास निर्माणलाई आर्थिक उपार्जनमा जोड्ने गरी अघि बढिरहेको मेयर लामाले बताइन् । उद्यमशील र आर्थिक रूपले सक्षम नागरिक बनाउन उपमहानगरपालिका प्रयत्नरत रहेको उनको भनाई छ ।
कार्यक्रमका मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे स्याङ्तानले खाने पानीका लागि नागरिकहरूले व्यहोरेको सास्तीलाई बोर्डले केही हदसम्म समाधान गरिदिएको बताए । बोर्ड मार्फत मकवानपुरगढी–४ सयपत्री गाउँका नागरिकहरूले सहज रूपमा पानी खाने अवस्था बनेको उनको भनाई छ ।
बोर्डका अध्यक्ष प्रताप विष्टले नागरिकको सुविधा र गुणस्तरीय पानी वितरणमा बोर्डले भूमिका खेलिरहेको बताए । हेटौँडाका हरेक नागरिकहरूलाई २४ घण्टा गुणस्तरीय पानी वितरणका लागि बोर्डले काम गरिरहेको बताए । उनका अनुसार मकवानपुरगढी–४ मा २ वटा समवेल निर्माण गरी बोर्ड मातहत खानेपानी उत्पादन क्षमता वृद्धि गरी वितरण गर्न सफल भएको छ । प्रति मिनेट ९ हजार लिटर पानी उत्पादन गर्ने र ६ हजार ४४९ लिटर पानी भण्डारण क्षमता काम भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण