माओवादी केन्द्रमा अब १५ विभाग
काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय विभाग १५ वटामा झारेको छ । फागुन १ गतेदेखि ३ सम्म काठमाडौँको कमलादीमा सम्पन्न प्रथम विधान अधिवेशनले १५ वटा विभाग कायम गरेको हो ।
यसअघि माओवादीको ३३ वटा विभाग रहेको थियो । सम्बन्धित तहको पार्टी समितिलाई विषयगत आधारमा नीतिगत सुझाव र सिफारिसको लागि केन्द्र, प्रदेश र स्थानीय पालिकाहरूमा विषयगत विभागहरू गठन गरी सञ्चालन गर्न सकिने विधानमा उल्लेख छ ।
यस्तै विभागको संयोजक सम्बन्धित तहको समितिको सदस्यको संयोजकत्वमा विषयगत अनुभवी विज्ञहरू समावेश गरी केन्द्रमा प्रमुखसहित बढीमा १५ सदस्यीय र प्रदेश तथा पालिकास्तरमा प्रमुखसहित बढीमा ९ सदस्यीय विभाग गठन गर्ने उल्लेख छ ।
विभागहरूको क्षेत्राधिकार र कार्यविधि सम्बन्धमा केन्द्रीय समितिले जारी गर्ने नियमावली अनुरूप हुनेछ । अधिवेशन प्रतिनिधिहरूले विभाग ठुलो भएको भन्दै सानो र चुस्त बनाउन सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण