शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अबको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग गठन हुने

शुक्रबार, ०९ चैत २०८०, १६ : ३८
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । मन्त्रिपरिषद्को आगामी बैठकबाट फेरि भूमि आयोग गठन हुने भएको छ । नियमावलीमा भएको व्यवस्थाअनुसार सिधै आयोग पुनर्गठन गर्न नमिल्ने भएकाले बिहीबारको मन्त्रिपरिषद् बैठकले आयोग विघटन गरेको सरकारको भनाइ छ । 

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आयोजित शुक्रबारको  पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नियमावलीमा भएको व्यवस्थाअनुसार सम्भवतः अर्को बैठकबाट भूमि आयोग फेरि गठन हुने बताइन् । 
उनले भनिन्, ‘नियमावलीमा भएको व्यवस्थाअनुसार यो सिधै पुनर्गठन गर्ने टाइपको हुँदो रहेनछ । त्यसकारणले गर्दा भूमि आयोग फेरि तुरुन्तै गठन हुन्छ । सम्भवतः अर्को क्याबिनेट बैठकबाट गठन हुन्छ ।’

उनले भूमि आयोगलाई सदाका लागि विघटन गरिएको स्थिति नभएको स्पष्ट पारिन् । सुकुम्बासी समस्या समाधान गर्ने काम निरन्तर हुने उनले स्पष्ट गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप