अबको मन्त्रिपरिषद् बैठकबाट भूमि आयोग गठन हुने
काठमाडौँ । मन्त्रिपरिषद्को आगामी बैठकबाट फेरि भूमि आयोग गठन हुने भएको छ । नियमावलीमा भएको व्यवस्थाअनुसार सिधै आयोग पुनर्गठन गर्न नमिल्ने भएकाले बिहीबारको मन्त्रिपरिषद् बैठकले आयोग विघटन गरेको सरकारको भनाइ छ ।
मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन आयोजित शुक्रबारको पत्रकार सम्मेलनमा सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले नियमावलीमा भएको व्यवस्थाअनुसार सम्भवतः अर्को बैठकबाट भूमि आयोग फेरि गठन हुने बताइन् ।
उनले भनिन्, ‘नियमावलीमा भएको व्यवस्थाअनुसार यो सिधै पुनर्गठन गर्ने टाइपको हुँदो रहेनछ । त्यसकारणले गर्दा भूमि आयोग फेरि तुरुन्तै गठन हुन्छ । सम्भवतः अर्को क्याबिनेट बैठकबाट गठन हुन्छ ।’
उनले भूमि आयोगलाई सदाका लागि विघटन गरिएको स्थिति नभएको स्पष्ट पारिन् । सुकुम्बासी समस्या समाधान गर्ने काम निरन्तर हुने उनले स्पष्ट गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण