काठमाडौँ । दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिञ्चोक गाउँपालिका अवस्थित कालिञ्चोक मन्दिर ३८४२ मिटरको उचाइमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ।
_CiBWF9hij2.jpg)
कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपूर्णिमा, दसैँ, चैते दसैँमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दुहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो ।
_lLGN8sWbWJ.jpg)
कालिञ्चोक पर्यटकीय र धार्मिक दुवै दृष्टिकोणले उत्तिकै महत्त्वपूर्ण छ । कालिञ्चोक भगवतीको दर्शन गर्ने तीर्थयात्रीदेखि हिउँ खेल्न रुचाउने युवाहरू अनि प्रेमका जोडीहरू सबैले रुचाएकाले कालिञ्चोक काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको सूचीमा आउँछ।
_vtVFr2tQSe.jpg)
भगवती देवीले आफ्नो इच्छा पुरा गरिदिने विश्वास लिएर भक्तजनहरू टाढा-टाढाबाट कालिञ्चोक आउने गर्छन् । फिल्मकर्मीहरूले पनि यो ठाउँ मन पराएका छन् र थुप्रै चलचित्र र म्युजिक भिडियो पनि यही खिचिने गरिन्छ ।
_mfR64yqC2Y.jpg)
मन्दिर जान सहजताको लागि यहाँ कालिञ्चोक प्रालि केबलकारले सेवा दिइरहेको छ।उकालो चढ्न गाह्रो हुनेहरूलाई केबलकारको सहयोगमा माथि जान पाइन्छ । कुरी गाउँमा हिउँदमा हिउँ खेल्न आउनेहरूको भिड नै लाग्ने गर्दछ । हिउँदको समयमा कुरीका होटलहरूलाई भ्याइनभ्याइ हुने गर्छ । जाने हैन त कालिञ्चोक ?
_fIAZIcF3u7.jpg)
_LPDuFL71HL.jpg)
_uevoQkzzho.jpg)
_rqqCzHFy0s.jpg)
_jakf7uQPVM.jpg)
_mHx5qkQttN.jpg)
_v2swHjfU2j.jpg)
_PmHOZd9Fh8.jpg)
_JAJJWoa2YK.jpg)
_0QGbNemUQE.jpg)
_zPy1ekJsOI.jpg)
_qI7KuUso5A.jpg)
_TXuig64OC6.jpg)
प्रतिक्रिया