सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
स्वर्गको एक टुक्रा कालिञ्चोक, तस्बिरहरू
घुमफिर

स्वर्गको एक टुक्रा कालिञ्चोक, तस्बिरहरू

शनिबार, १० चैत २०८०
  • मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । दोलखा सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिञ्चोक गाउँपालिका अवस्थित कालिञ्चोक मन्दिर ३८४२ मिटरको उचाइमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। 

kalinchowk (8)

कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपूर्णिमा, दसैँ, चैते दसैँमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोटदेखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दुहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो । 

kalinchowk (12)

कालिञ्चोक पर्यटकीय र धार्मिक दुवै दृष्टिकोणले उत्तिकै महत्त्वपूर्ण छ । कालिञ्चोक भगवतीको दर्शन गर्ने तीर्थयात्रीदेखि हिउँ खेल्न रुचाउने युवाहरू अनि प्रेमका जोडीहरू सबैले रुचाएकाले कालिञ्चोक काठमाडौँबाट नजिकको पर्यटकीय गन्तव्यको सूचीमा आउँछ। 

kalinchowk (3)

भगवती देवीले आफ्नो इच्छा पुरा गरिदिने विश्वास लिएर भक्तजनहरू टाढा-टाढाबाट कालिञ्चोक आउने गर्छन् । फिल्मकर्मीहरूले पनि यो ठाउँ मन पराएका छन् र थुप्रै चलचित्र र म्युजिक भिडियो पनि यही खिचिने गरिन्छ ।

kalinchowk (14)

मन्दिर जान सहजताको लागि यहाँ कालिञ्चोक प्रालि केबलकारले सेवा दिइरहेको छ।उकालो चढ्न गाह्रो हुनेहरूलाई केबलकारको सहयोगमा माथि जान पाइन्छ । कुरी गाउँमा हिउँदमा हिउँ खेल्न आउनेहरूको भिड नै लाग्ने गर्दछ । हिउँदको समयमा कुरीका होटलहरूलाई भ्याइनभ्याइ हुने गर्छ । जाने हैन त कालिञ्चोक ?

kalinchowk (1)kalinchowk (2)kalinchowk (4)kalinchowk (5)kalinchowk (6)kalinchowk (7)kalinchowk (9)kalinchowk (10)kalinchowk (11)kalinchowk (13)kalinchowk (15)kalinchowk (16)kalinchowk (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया