बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो

बुधबार, ०६ साउन २०८३, १५ : ४३
बुधबार, ०६ साउन २०८३

बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा सल्यान घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा बस्दै आएका घर निर्माणका ठेकेदार ४२ वर्षीय कमल गिरी र सोही स्थानका ३५ वर्षीय मिस्त्री घनश्याम गिरी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू मङ्गलबार साँझ पानी ट्याङ्कीको सट्रिङ निकाल्ने क्रममा ट्याङ्कीभित्र प्रवेश गरेका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनीहरू बुधबार बिहान करिब १० बजे ट्याङ्कीभित्र मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार ट्याङ्कीभित्र अक्सिजनको कमी तथा सिमेन्टमा प्रयोग भएका विभिन्न रसायनबाट निस्किएको ग्यासका कारण उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप