झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
झापा । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा झापामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।
नेपाली कांग्रेस झापाको आयोजनामा बुधबार भएको स्मृति सभा तथा ‘जरा अभियान’ समापन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य वसन्त भट्टराईले बीपीकोइरालाले जीवनभर जनअधिकार, प्रजातन्त्र र लोकतान्त्रिक समाजवादको स्थापनाका लागि सङ्घर्ष गरेको बताए। उनले बिपीको मेलमिलाप नीति, लोकतान्त्रिक मूल्य–मान्यता र जनताप्रतिको प्रतिबद्धता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे।
कार्यक्रममा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राई, केन्द्रीय सदस्यद्वय सुरेश सुब्बा र उमा शिवाकोटी, कोशी प्रदेश सभापति उद्धव थापालगायतले बीपीकोइरालाको राजनीतिक दर्शन, लोकतान्त्रिक मूल्य र राष्ट्रिय जीवनमा पुर्याएको योगदानबारे धारणा राखेका थिए।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले ‘जरा अभियान’अन्तर्गत जिल्लामा क्रियाशील सदस्यता अध्यावधिक कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै झापामा हालसम्म २३ हजार ३३ क्रियाशील सदस्यको विवरण अद्यावधिक गरिएको बताए।
स्मृति दिवसकै अवसरमा भद्रपुर–१० स्थित बीपीकोइरालाको शालिकमा नेता तथा कार्यकर्ताले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए। यस्तै, नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिले देउनिया विश्रामस्थल परिसरमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरेको जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण