साहित्यकार डा लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान
दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा नवराज लम्साललाई प्रदान गरिएको छ ।
तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ ।
गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजारको रहेको छ । नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार डा रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । त्यस्तै गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
सङ्घीय सांसद रेखा यादवले सम्मानित व्यक्तित्वलाई पुरस्कृत गर्दै कला र साहित्यका क्षेत्रबाट देश विकासका लागि सकारात्मक दबाब सृर्जना गर्न आग्रह गरिन् । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले तनहुँ कला, संस्कृति र साहित्यमा धनी रहेको चर्चा गर्दै साहित्यको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ ।
क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार वरिष्ठ साहित्यकार गुल्मीमा जन्मिई हाल काठमाडौ बुढानिलकण्ठ निवासी डा.रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो ।
मोफसल बाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले तनहुँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा साहित्य, कला, सङ्गीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको सचिव माधव अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण